स्पेनमा गर्मी :  तातो हावाबाट ५ सय १० जनाको मृत्यु

काठमाडाैं | साउन ३, २०७९

स्पेनमा गर्मी :   तातो हावाबाट ५ सय १० जनाको मृत्यु तस्बिर फाइल

स्पेन  ः     स्पेनमा केही दिनदेखि गर्मी बढेको छ। तातो हावाबाट धेरैजनाको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

 

स्वास्थय मन्त्रालयका अनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने  संख्या ५ सय १० पुगेको छ। देशका विभिन्न भागको तापक्रम ४५ डिग्री  सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन।

 

यही जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो। गर्मीका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको छ। स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्ममा १५० जनाको ज्यान गएको जनाएको छ।

 

त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरुले सोमबारसम्म ५१० जनाको मृत्यु भएको बताएका छन्। गर्मीका कारण ज्यान गुमाउने अधिकांश ज्येष्ठ नागरिक  छन्। उनीहरुमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक हुन्। 

 

गर्मी अझै बढ्ने अनुमान गरिएको र त्यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन  स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेको छ।  

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्